दफा १७३
लिखत अनुवाद गर्नु पर्ने
(१) नेपाली भाषा बाहेक अन्य कुनै भाषामा लेखिएको कुनै लिखत अदालतमा प्रमाणको रुपमा पेश भएमा र त्यस्तो लिखत नेपाली भाषामा अनुवाद गर्नु पर्ने देखिएमा अदालतले त्यस्तो लिखत पेश गर्ने पक्षलाई त्यस्तो लिखतको नेपाली भाषामा आधिकारिक अनुवाद गरी पेश गर्ने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतबाट आदेश भएका सम्बन्धित पक्षले सो लिखत नेपाली भाषामा अनुवाद गराई त्यसको प्रमाणित प्रति अदालतमा पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अनुवादका सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा अदालतले त्यस्तो विषयको विशेषज्ञलाई झिकाई बुभ्mन सक्नेछ ।